Logo
Logo

स्ववियु निर्वाचनमा २८ वर्षभन्दा ‘पाका विद्यार्थी’ उम्मेदवार बन्न नपाउने


945
Shares

काठमाडौं । राजनीतिक दलको क्षमता परिणक्षको निर्वाचन मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत ५ हुँदैछ ।
निर्वाचनको मिति घोषणा भएसँगै विद्यार्थी संगठनहरुले निर्वाचन लक्षित गतिविधिलाई तिव्रता दिएका छन् ।

स्वावियुको निर्वाचनसँगै सधैं प्रश्नको विषय बन्ने गरेको छ– कति उमेरका विद्यार्थी उम्मेदवार बन्न पाउने ? र, यस पटकको निर्वाचनका लागि उमेरहद तय भएको छ । अब २८ वर्षभन्दा पाका विद्यार्थी उम्मेदवार बन्न नपाउने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्ववियु निर्वाचनको आचार संहितासम्बन्धी निर्देशिका तयार गरेको छ । र, निर्देशिनकाले उम्मेदवारको उमेर तय गरेको छ ।

निर्देशिनकाअनुसार २०५१ साल फागुन २८ गते पछि जन्मेका विद्यार्थीले उम्मेदवारी दिन पाउने छन् । उम्मेदवारको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

विगतमा विश्वविद्यालयका पाका विद्यार्थी पनि स्ववियु निर्वाचनमा उम्मेदवार बन्ने गर्दथे । धेरै विद्यार्थी संगठनका नेता त वर्षौसम्म स्ववियु निर्वाचन कुरेर बन्ने प्रचलन थियो । तर, अखिल क्रान्तिकारी शक्तिमा आएपछि उमेरहद तोक्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्