Logo
Logo

वीरेन्द्रकुमार ठाकुर मधेसको मुख्य न्यायाधिवक्ता नियुक्त


693
Shares

मधेस । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेशप्रमुख हरिशङ्कर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुरलाई प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुङ्गेलले पद तथा गोपनीयताको शपथ गराए ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता सिरहा निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्