Logo
Logo

राजस्व वृद्धिको कार्ययोजना बनाउन कर्मचारीलाई निर्देशन



धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री सञ्जय यादवले पदभार ग्रहण गरेका छन् । गत बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेका मन्त्री यादवले आज मात्र पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजस्वलाई वृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री यादवले बजेटमा भएका प्रावधानअनुसार चालु खर्चलाई मितव्ययी बनाउँदै खर्च कटौती गर्ने र पुँजीगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले जानकारी दिए ।

यसअघि नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री ई वसन्त कुशवाहाले शुक्रबार नै पदभार ग्रहण गरिसकेका छन् ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका सरोजकुमार यादवले पुस २९ गते बिनाविभागीय मन्त्रीसँगै शपथ लिएका थिए ।

मुख्यमन्त्री यादवले माघ १२ गते बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका थिए । मुख्यमन्त्री यादवले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

मुख्यमन्त्री यादवले प्रदेशका बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् । मधेस प्रदेशको सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति जुट्न नसक्दा सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्