
काठमाडौं । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त भएका छन् ।
मुख्य मन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
उनलाई जनकुपरका कामु न्यायाधीश गुणराज ढुंगेलले आइतबार पद तथा गोपनियताको सपथ गराएका थिए ।