Logo
Logo

भानुभक्तले श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाए, छोराको मृत्यु



काठमाडौं – बाँकेमा पेट्रोल छर्केर आगो लगाउँदा २ वर्षीय बालकको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए ।

लगत्तै आमा छोरालाई स्थानीयले उद्दार गरी नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याएका थिए । उपचारकै क्रममा बालकको सोमबार बिहान साढे ६ बजे मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

उपचारकै क्रममा रहेकी घाइते गंगाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेको उनले बताए । घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । घटनापछि फरार रहेका बिकलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्