
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक सोमबार पनि पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
११ बजे बस्ने बैठकले राष्ट्रपति चयनबारे पार्टीको धारणा, गृह मन्त्रालयसहित विविध विषयमा निर्णय लिइने बताइएको छ ।माओवादीको बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिँदै आएको छ ।














