Logo
Logo

एनआईसी एशिया बैंकको चाडपर्व लक्षित देशव्यापी छुट योजनामा ग्राहकहरुको व्यापक आकर्षण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । दशैंसँगै अर्थतन्त्र चलायमान हुनथाल्छ । विभिन्न कम्पनी, व्यवसायहरु आफ्ना ग्राहकहरुका लागि विभिन्न छुट तथा अफरका योजना ल्याएका छन् । केही वर्षयता बैंकिङ क्षेत्रले पनि आफ्ना ग्राहकहरुका चाडपर्वलक्षित छुटका योजना ल्याउने क्रम बढेको छ ।

यही क्रममा एनआईसी एशिया बैंकले यस वर्षको दशैंमा आफ्ना ग्राहकहरुका लागि दशैं सुपर चमत्कारिक उत्सव योजना ल्याएको छ जसबाट देशभरका ग्राहकहरुले अधिकतम लाभ लिन सक्नुहुनेछ । देशकै विभिन्न शहर र ठाँउहरुमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा यस बैंकका ग्राहकहरुले डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% वा प्रत्येक रु. ६,६,७६÷ को खरिदमा रु १,०००÷ सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । यदि तपाई एन आई सी एशिया बैंकको ग्राहक हुनुहुन्न भने पनि भाटभटेनी सुपरमार्केटमा बैंकले स्थापना गरेको स्टलमार्फत् नयाँ खाता खोल्नुका साथै तुरुन्तै डेविट कार्ड प्राप्त गरी देशभरका सबै भाटभटेनी सुपरमार्केटका सबै आउटलेटहरुमा यो सुविधा उपभोग गर्न सक्नुहुनेछ ।

आश्विन ८ गतेदेखि शुरु भएको यो योजनासँगै एनआईसी एशिया बैंकको सबै आउटलेटहरुमा सपिङ गर्न आउनेहरुको भीड लागेको छ । छुटको आकर्षणसँगै स्टलमा उपस्थित बैंकका प्रतिनिधिको सहयोगमा अहिलेसम्म हजारौं नयाँ कार्डहरु जारी भइसकेको र प्रतिदिन तीन करोडको हाराहारीमा कारोबार सोही गतिमा भइरहेको बैंकले जनाएको छ । यससँगै बैंकका प्रतिनिधिहरु ग्राहकहरुलाई डिजिटल कारोबार गर्दाका फाइदा र सहजताबारे जानकारी गराउनुका साथै यसप्रति अभिप्रेरित गराइएको पाइएको भाटभटेनी सुपरमार्केटमा सपिङ गर्न पुगेका सर्वसाधारणको भनाइ छ । भक्तपुर ठिमीका सन्तकुमार कोजुले आफू केटाकेटीको लागि लुगा किन्न आएको तर एनआईसी एशिया बैंकको स्टलमा तुरुन्त डेबिट कार्ड बनाउने अफर देखेपछि सो कार्ड प्रयोग गर्दा पाएको छुटले आफ्नो लागि पनि नयाँ जुत्ता किन्न पाउँदा खुशी लागेको बताए । यसैगरी ललितपुर पुलचोकको भाटभटेनी पुग्नुभएकी अनुराधा शर्माले दशैंमा घर जानुअघि भाटभटेनीको अफर सुनेर सपिङ गर्न पुगेको बताउँदै डिस्काउन्ट अफरले आफूजस्ता विद्यार्थीलाई राहत भएको अनुभव बाँडे ।

कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजना अवधिभर देशभरका १६ स्थानका भाटभटेनी सुपरमार्केटबाट हजारौंले तिहार र छठ पर्वसम्म यो अवसरको सदुपयोग गर्नसक्ने बैंकले जनाएको छ । दशैंका लागि परिवारसँग सपिङ गर्ने सोचमा रहनुभएका सबैलाई यो सुविधाले सीमित नगद बोकेका कारण मनपरेको वस्तु लिने वा छोड्ने अनि उस्तै वस्तु अर्को दिन अन्त पाइने वा नपाइने दुविधाबाट छुटकारा पनि पाइने बैंकले जनाएको छ । यससँगै बिना झन्झट गुणस्तरीय सेवाबाट आफ्ना ग्राहकहरुले अधिकतम लाभ प्राप्त गर्न सकुन भन्ने आशयका साथ यो विशेष छुट प्रदान गरिएको बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्