Logo
Logo

प्रहरीको गोली प्रहारबाट उडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु



काठमाडौं । प्रहरीले चलाएको गोली लागेर उडिसाका स्वास्थ्यमन्त्री नव किशोर दासको मृत्यु भएको छ ।

आइतबार दिउँसो उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा प्रहरी सहायक निरीक्षक गोपाल दासले उनीमाथि दुई राउण्डा गोली प्रहार गरेका थिए ।

छातीमा गोली लागेका उनको उपचारका क्रममा भुवनेश्वर अस्पतालमा मृतयु भएको हो । उडिसाका मुख्यमन्त्री नवीन पटनायकले स्वास्थ्यमन्त्रीको मृत्युप्रति दुःख व्यक्त गर्दै घटनाबारे थप अनुसन्धान गर्न अपराध शाखालाई निर्देशन दिएका छन् ।

मन्त्रीमाथि गोली चलाउने प्रहरीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको मुख्यमन्त्री पठनायकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्