काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शहीदहरूको सपना साकार पार्न आजको दिनले सबैमा हौसला प्रदान गर्न सक्नुपर्ने बताएका छन् ।
शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मा अध्यक्ष नेपालले शहीदहरूको योगदानको प्रतिफलस्वरूप मुलुकमा अहिलेको राजनीतिक उपलब्धी हासिल भएको बताएका छन् ।

सन्देशमा भनेका छन्, ‘प्राप्त उपलब्धिहरूको रक्षा र विकास गरी सामाजिक न्यायमा आधारित समृद्ध समाजवादी मुलुक निर्माण गर्न सकेमा शहीदहरू प्रति सच्चा सम्मान हुनेछ ।’
‘शहीदहरूको सपना साकार पार्न यस दिनले सबैमा हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । शहीद दिवस, २०७९ को अवसरमा देश र जनताको मुक्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्द सहित सम्पूर्ण ज्ञातअज्ञात शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’ अध्यक्ष नेपालले सन्देशमा भनेका छन् ।














