Logo
Logo

माओवादीको पदाधिकारी बैठक बस्दै, गृह मन्त्रालयबारे छलफल हुने


4.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पूर्वनिर्धारित स्थायी समिति बैठक सारेर माओवादी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार पदाधिकारी बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा गृह मन्त्रालय, पार्टीको संगठनात्मक, कार्य विभाजन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको थियो । रास्वपाबाट गृहमन्त्री बनेका रावि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेसँगै उनले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए ।

आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएर लामिछानेले पुनः गृहमन्त्रीको दाबी गरेका छन् । तर, लामिछाने विवादमा तानिएसँगै उनले सम्हालेको जिम्मेवारी के गर्ने भन्नेमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले निर्णय गरिसकेका छैनन् ।

आजको पदाधिकारी बैठकमा सोही विषयमा पनि छलफल हुने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्