Logo
Logo

लोकप्रिय गायक सन्तोष दुमीकाे ‘एकल साँझ’ भव्यताका साथ सम्पन्न



काठमाडौं । ‘दुमी गीत–सङ्गीत कोश’ को सहयोगार्थ ‘दुमी किराँत राई फन्सिकिम’ को आयोजनामा लोकप्रिय गायक तथा सङ्गीतकार सन्तोष दुमी राईको एकल गायन साँझ सम्पन्न भएको छ ।

‘सन्तोष दुमीसँग एक साँझ’ नाम दिईएको सो कार्यक्रम राजधानीको बानेश्वर स्थित ‘मण्डला थिएटर’ मा शनिबार साँझ सम्पन्न भएको हो । गायक सन्तोषले आफ्नो जन्मदिनको अवसर पारेर एकल प्रस्तुतिको आयोजना गरेका हुन् ।

करिव २ दशक अघिदेखि सङ्गीतकार एवं गायकको रुपमा निरन्तर क्रियाशील रहेका राईका सङ्गीत र स्वरमा हालसम्म २५० भन्दा बढी गीत रेकर्ड भईसकेका छन् ।

खोटाङ जन्मथलो भएपनि केही वर्षयता टोखा–८ बानियाँटारका बासिन्दा सन्तोषले यसअघि सन् २०१२ मा हङकङमा एकल साँझ गरेका थिए । यो भने उनको दोस्रो एकल गायनको कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्