Logo
Logo

प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता


504
Shares

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटावार्ता गरेका छन् ।

आइतबार साँझ नेपाल आइपुगेका उपविदेशमन्त्री भिक्टोरियाले सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच भेटवार्तामा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन् । उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्