Logo
Logo

बाँकेका तीन सय बालबालिका दादुरा संक्रमित



काठमाडौं । बाँकेमा दादुरा संक्रमण प्रकोपको रुपमा फैलिएको छ । पुस १२ गतेदेखि फैलिएको दादुरा आइतबारसम्म तीन सय बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेको पाँच पालिकामा गरी आइतबारसम्म संक्रमित बालबालिकाको संख्या ३०० पुगेको हो ।हालसम्म संक्रमित भएकामध्ये २९२ जना निको भइसकेको छ, भने ७ जना आइसोलेसनमा उपचाररत छन् । दादुराका कारण हालसम्म एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी ३२ वटा वडा दादुरा प्रभावित भएका छन् ।

संक्रमण तीव्र रुपमा फैलिएपछि बाँकेमा ६ महिनादेखि १५ वर्षमुनिका दादुरा, रुबेलाविरुद्धको खोप दिइएको छ । आइतबारसम्म एकलाख १५ हजार ७३५ जनालाई खोप दिइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्