Logo
Logo

भारतले सूचनाबिनै ब्यारेजको ढोका खोल्दा महाकालीमा फसे कामदार



काठमाडौं । भारतीय पक्षले बिनासूचना शारदा ब्यारेजको ढोका खोलिदिएपछि केहि ट्रयाक्टर र कामदार महाकाली नदीमा फसेका छन् ।

नेपाली प्रशासनलाई जानकारी नै नदिई भारतले महाकाली नदीमाथिको शारदा ब्यारेजको नेपालतर्फको ढोका खोलिएपछि भीमदत्त नगरपालिका–११ भुजेलामा गिट्टी, बालुवा उत्खननमा प्रयोग भएका केही ट्रयाक्टर र कामदार महाकालीमा फसेका हुन् ।

ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव बढेको छ । महाकाली नदीबाट गिट्टी, बालुवा ढुवानीका लागि गएका ट्याक्टर नदीमा पानीको बहाव बढ्दा फसेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

आफूहरुलाई भारतीय पक्षले महाकालीमा पानी छाड्ने भनेर कुनै पूर्वजानकारी वा समन्वय नगरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्