Logo
Logo

निहारिकाद्वारा शिवराज श्रेष्ठविरुद्ध अंश मुद्दा


1.4k
Shares

काठमाडौं । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतले शिवराज श्रेष्ठविरुद्ध अंश मुद्दा दर्ता दिएका छन् । शिवराजले हेरविचार नगरेको भन्दै उनले आइतबार धनुषा जिल्ला अदालतमा मुद्दा दिएका हुन् ।

निहारिकाले धनुषा जिल्ला अदालतमा दर्ता नम्बर ०७९–CP–१९७९ बाट अंश मुद्दा दर्ता गराएका हुन् । उनले श्रीमान शिवराजले मदिरा सेवन गरी कुटपिट गरेको र आफ्नो हेरचाह नगरको आरोप लगाएका छन् ।

हालको कानुनले स्पष्टरुपमा नाता कायमका लागि मुद्दा लैजाने बारे नतोकेकाले निहारिकाले नाता कायम गराउनका लागि अंश दाबी गरेकी हुन् ।

अंश दाबी गर्दै मुद्दा दिएपछि अब धनुषा जिल्ला अदालतमा प्रतिउत्तर दर्ता भएपछि दुवै पक्षलाई मेलमिलापका लागि समय दिनेछ । उनीहरुबीच मेलमिलाप भएमा श्रीमान् श्रीमतीको नाता कायम गरी दर्ताका लागि सम्बन्धित पालिकाको वडा कार्यालयमा पठाइने छ ।

यसअघि निहारिकाले शिवराजविरुद्ध धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेका थिए । प्रेमी–प्रेमिका रहेकै समयमा यौनसम्बन्ध हुँदा सोनाली गर्भवती भएपछि उनीहरुबीच मनमुटाव भएको थियो ।

सोनालीले तत्कालै श्रीमती बनाएर घर लैजान दबाब दिए पनि शिवराजले विवाह गर्न नसक्ने बताएपछि उनले धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दिएका थिए ।

धनुषा जिल्ला अदालतले जबरजस्ती करणीको कसुरमा शिवराजलाई सफाइ दिँदै प्रतिवादी शिवराज श्रेष्ठ र जाहेरीवाली सोनाली कुमारी सिंहबीचको नाता सम्बन्धका विषयमा छुट्टै कानुनबाट सम्बोधन हुने भन्दै बलात्कार नभएको ठहर गरेको थियो ।


जिल्ला अदालतले शिवराजलाई सफाइ दिएपछि निहारिका उच्च अदालत जनकपुरमा पुनरावेदन लिएर पुगेकी थिइन् । उच्च अदालत जनकपुरमा निहारिका र शिवराज श्रेष्ठको बलात्कार सम्बन्धी मुद्दा विचाराधीन अवस्थामै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्