Logo
Logo

पोखरामा जलेर घाइते भएका महिलाको मृत्यु



पोखरा । जलेर गम्भीर घाइते भएका संगीता सापकोटाको मृत्यु भएको छ । उपचारको क्रममा आज (सोमबार) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।

महानगपालिका–११ काहँखोलाबाट आइतबार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयवासले अस्पताल लगेका थिए । घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।

दुवैले आत्मदाहको प्रयास गरेको वा अरू नै केही भएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्