Logo
Logo
प्रेमप्रसाद आत्मदाह प्रकरण

बयानको लागि भाटभटेनीका सञ्चालकलाई प्रहरीले बोलायो



काठमाडौं । संघीय संसद् भवनआगाडि आत्मदाह गरेका प्रेसप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले बायनको लागि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई बोलाएको छ ।

इलामका आचार्यले मंगलबार आत्मदाह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । मृतक आचार्यले नाम लिएका १२ जनाविरुद्ध उनका श्रीमती नानुका आचार्यले जाहेरी दिएका थिए । नुनुकाले जाहेरी दिएपछि प्रहरीले सोधपुछ सुरु गरेको हो ।

त्यही क्रममा आज (सोमबार) प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको हो । स्रोतका अनुसार अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको टेकुस्थित कार्यालयमा उनको बयान भइरहेको छ ।

प्रेमप्रसाद भाटभटेनी लगायतलाई उधारोमा सामान दिइरहेको परेको भन्दै उनीहरुले त्यो सामान बेचेर पैसा अन्यमा घुमाएर अरु मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए ।

यत, भाटभटेनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आचार्यको कम्पनी सूर्योदय एग्रो ईण्डष्ट्रिज एण्ड फार्म हाउसलाई दिनुपर्ने रकम समयमा भुक्तानी गरेको दाबी गरेको थियो ।

साथै भाटभटेनीले आचार्यले सामाजिक सञ्जालमा उल्लेख गरेजस्तो कहिल्यै पनि ३० प्रतिशत मार्जिनको कुरा नगरेको दावी गरेको थियो ।

आचार्यले गत मंगलबार संघीय संसदअघि पेट्रोल लगाएर आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पताल लगेको थियो । तर, उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्