Logo
Logo

माओवादीको स्थायी समिति बैठक दुई दिनपछि सर्‍योे


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिनपछि सारिएको छ । सोमबार स्थायी समिति बैठक स्थगित गरेर पदाधिकारी बैठक बसेको छ । अब मंगलबार बिहान ११ बजे पदाधिकारी बैठक बसेर अर्को एकमात्र स्थायी समिति बैठक बस्ने भएको हो ।

पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलोपटक स्थायी समिति बैठक बसेको हो । सरकारका काम कारबाही, सत्ता साझेदार दलका समन्वय र सहकार्य र पार्टी संगठनका विषयमा छलफल भइरहेको सचिव मातृका यादवले बताए ।

उनका अनुसार अध्यक्ष नै प्रधानमन्त्री रहेकाले सरकार र पार्टी दुबैतिर ध्यान दिँदा समय प्रयाप्त नभएकाले बैठक लम्बिएको हो । उनले मंगलबार पदाधिकारी बैठक बसेर ात्र अर्को एक दिन स्थायी समितिबाट निर्णय गराएर जाने तयारी रहेको बताए ।

बैठकमा सरकारमा सहभागी मन्त्रीले गणतन्त्र र संघीयताका विषयमा विरोध गरेको विषयमा समेत नेताहरुले आलोचना गरेका छन् । सरकारमा सहभागी मन्त्रीले संविधान विपरित बोल्नु कानुन र नैतिक रुपमा ठिक नभएको बताउने गरेका छन् ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति काम गरेर जानुपर्ने विषय र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पुनः गृह मन्त्रालयमा फर्किन लागेको प्रसंगमा समेत नेताहरुले उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्