Logo
Logo

पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ



काठमाडौं । पूर्व प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले दोलखा, मेलुङ गाउँपालिका–७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई आइतबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले सामाजिक सञ्जालमार्फत पीडीत युवतीसँग चिनजान गरेका थिए । कुराकानी गर्दै जाँदा उनीहरु प्रेममा परे । त्यतिबेला शारीरिक सम्बन्ध हुँदा खिचिएका अश्लिल फोटो तथा भिडियोहरु सम्बन्ध टुटिसकेपछि खड्काले आफ्ना साथीहरूलाई पठाएका थिए ।

त्यसपछि युवतीले चरित्रहत्या गरेको भन्दै सीआईबीमा उजुरी दिएका थिए । उक्त जाहेरीको आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेको हो । काठमाडौं जिला अदालतबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्