Logo
Logo

‘रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेको दबाब छैन’



काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेको कुनै दवाब नरहेको बताएका छन् ।

आज (सोमबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रविको नागरिकता विवादसँगै राहदानी विवाद भएकाले एमालेले फेरि रविलाई नै गृहमन्त्री बनाउन दवाब नदिने बताए । रविमाथि कानुनुबमोजिक छानबनि हुनै बाँकी रहेको नेता तामाङको भनाइ थियो ।

उनले चितवन–२ मा हुने उपनिर्वाचनमा रविलाई सत्ता गठबन्धनले सहयोग गर्ने बताए । उनले गत मंसिर ४ को निर्वाचनको परिणामले छ महिनामै मध्यावधि निर्वाचनको अवस्था सिर्जना गरेपछि आफूहरु सरकारमा जानुपरेको पनि जिकिर गरे । उनले आफूहरुले गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरुलाई जनताले सरकार सञ्चालनको म्याण्डेट नदिएपछि एमालेले सरकार गठनको पहल गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्