Logo
Logo

कसरी हुन्छ राष्ट्रपति निर्वाचन, को-को हुन्छन् मतदाता ?


12.5k
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तय भएको छ । निर्वाचन आयोगले फागुन १३ गते मनोनयन दर्ताको समय राखेको छ ।

अब हुने राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सांसदहरुले मतदान गर्न पाउनेछन् ।  तर, केन्द्र र प्रदेश सांसदले दिएको मतभार भने बराबरी हुने छैन । प्रदेश सांसदकाे भन्दा संघीय सांसदकाे मतभार बढी हुनेछ । 

कसको मतभार कति ? 

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३४ सदस्य र प्रदेशसभाका ५५० सदस्य मतदाता रहन्छन् । २०७४ को संघीय संसद् तथा प्रदेशसभा सदस्यको भन्दा यसपटक मतभार बढी हुनेछ । 

यसपटक संघीय सांसदकाे आठ र प्रदेश सांसदको पाँच अङ्कले मतभार बढ्ने देखिन्छ । अब हुने निर्वाचनमा संघीय सांसदकाे मतभार ८७ हुनेछ भने प्रदेश सांसदकाे मतभार ५३ हुनेछ । यसअघि २०७४ सालमा संघीय सांसदकाे मतभार ७९ र प्रदेश सांसदकाे मतभार ४ थियो । 

संघीय संसद्बाट २९ हजार ५८ र प्रदेश संसद्बाट २९ हजार १५० गरी राष्ट्रपति र उपराष्ट्रपतिले जम्मा ५८ हजार २०८ मत पाउनेछन् ।

२०७८ सालको जनगणना अनुसार यो मतभार निकालिएको हो । नेपालको कुल जनसङ्ख्यालाई संघीय संसद्का सदस्य सङ्ख्याले भाग गर्दा आउने भागफल संघीय संसद्को मतभार हुनेछ । त्यस्तै प्रदेश सदस्य सङ्ख्याले कुल जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल प्रदेश संसद्को मतभार हुनेछ । 

जनगणना–२०७८ को अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । यो जनसङ्ख्याको आधारमा संघीय संसद् र प्रदेश संसद्का सदस्यहरूको मतभार निकालिएको हो ।

जस्तो कि संघीय संसद्को हिसाब गर्दा ८७ हजार जनसंख्या बराबर एकजना सांसद पर्न आउँछ । यही आधारमा एक सांसदको मतलाई ८७ मतभार मानिएको हो । प्रतिसांसद् ८७ मतले हिसाब गर्दा संघीय संसद्बाट राष्ट्रपतिलाई खस्ने कुल मत २९ हजार ५ हुन्छ । 

त्यसैगरी प्रदेशसभाको एकजना सांसद बराबर ५३ हजार जनसंख्या पर्न आउँछ । प्रतिसांसद् ५३ मतले हिसाब गर्दा २९ हजार १५० मतभार हुन्छ ।

यसरी संघीय संसद्को २९ हजार ५८ र प्रदेश संसद्को २९ हजार १५० मतभार जोड्दा ५८ हजार २०८ मत पुग्छ । यही मत राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा गणना हुने मत हो । 

प्रतिक्रिया दिनुहोस्