Logo
Logo

क्यानको कार्यसमिति बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवाबारे निर्णय हुने



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ । बैठक पोखरामा बस्ने भएको हो । नेपाल टी–२० लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा लगायका विषयमा छलफल हुने बताइएको छ ।

क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी–२० लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमितिनै दुई भागमा विभाजित भएको छ ।

केही दिन अघि छुम्बी लामासहित ७ केन्द्रीय सदस्यले दोषी पदाधिकारीको राजीनामा माग गरेका थिए । आजको बैठकपछि कार्यसम्पादन समितिका केही पदाधिकारीले राजीनामा दिन सक्ने सम्भावनासमेत छ ।

टी–२० लिगको रणनीतिक तथा कमर्सियल पार्टनर भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता, फिक्सिङ सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनले दिएका सुझावका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

त्यस्तै बैठकले निलम्बनमा रहेका सन्दीप लामिछानेलाई टिममा बोलाउने, नबोलाउनेबारे पनि निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्