Logo
Logo

सुर्खेतमा हुम्लाका एक युवक झुन्डिएको अवस्थामा मृत फेला


378
Shares

काठमाडौं । सुर्खेतको इत्राम खोलाको पुलमा एक युवक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१० स्थित इत्राम खोला पुलमा हुम्ला घर भएका २४ वर्षका मिलन बुमी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ वासिन्दा रहेको प्रहरीले जनाएको छ । उनी केहि समयदेखि वीरेन्द्रनगर १० बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्