Logo
Logo

विद्युतीय राहदानी बनाउन अनलाइन बुकिङ खुला


819
Shares

काठमाडौं । राहदानी विभागले इ–पासपोर्ट बनाउन एक महिनाका लागि अनलाइन बुकिङ खुला गरेको छ । विद्युतीय राहदानी सहज रूपमा प्रदान गर्न एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको विभागले जनाएको छ ।

राहदानी विभागमा दैनिक १५०० का दरले अनलाइन फाराम भर्न सक्ने विभागले जनाएको छ । अब सेवाग्राहीले आफूले चाहेको समयमा फाराम भर्न पाउने छन् । हरेक दिन १५०० ले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा फारम भर्न सकिने विभागको भनाइ छ ।

थप समयमा अग्रिम बुकिङ गर्दा अर्को महिनाको थप एक दिनका लागि हुने राहदानी विभागले स्पष्ट पारेको छ । समय सकिन लागेमा थप एक महिनाको अवधि विभागले थप गर्दै जाने पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ । अग्रिम बुकिङका लागि सर्भर खुला रहेकाले राति १० बजेसम्म अनलाइनबाट विद्युतीय राहदानीको फाराम भर्न सकिनेछ ।

विभागले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई आफ्नो प्राविधिक क्षमताअनुसार अनलाइन फाराम अग्रिम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकको छ । यो व्यवस्थाले विभागमा हुने भीडभाड कम हुने विभागको अपेक्षा छ ।

‘जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट छिटो राहदानी पाउने व्यवस्थाका लागि विभागमा डाटा प्राप्त भएको मितिले नजिकका जिल्लाहरूमा १० दिनदेखि १२ दिनभित्र तराईका जिल्लाहरूमा १२ दिनदेखि १५ दिनभित्र पहाडका सुगम जिल्लाहरूमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ,’ विभागले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्