Logo
Logo

जसपाको विधान अधिवेशन : पेचिलो बन्दै पहिचानको मुद्दा


2.8k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान मस्यौदा समितिले विधान अधिवेशनका कामलाई तिव्रता दिएको छ ।

विधान अधिवेशन मूलरुपमा पार्टीले उठाएको पहिचानको मुद्दा र सांगठनिक संरचनामा केन्द्रीत हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

खासगरी पहिचानमा आधारित लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, नेवा, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खसान र दलित÷शिल्पी विशेष ((१०+१) राष्ट्रिय समितिहरु र सातवटा प्रदेशस्तरीय संरचना (जसपाले भन्ने गरेको प्रशासननिक–संरचना) बीच शक्तिको बाँडफाँट र अधिकार क्षेत्रका बारेमा नेताहरुबीच फरक धारणा छन् ।

यी दुई खाले संरचनामध्ये राजकीय मामलामा हाल जसपाले प्रदेशस्तरीय समितिलाई कार्यकारी र पहिचानमा आधारित राष्ट्रिय समितिलाई समन्वयकारी हैसियत प्रदान गरेको छ ।

समग्रमा ‘पहिचानको मुद्दाबारे पुनर्विचार गरौं’ भन्ने आवाज उठ्न थालेकाले यो मुद्दा जसपाको विधान अधिवेशनमा पेचिलो विषय बन्ने संकेत देखिएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्