Logo
Logo

टीकापुर घटनासम्बन्धी मुद्दाको पेसी आज पनि स्थगित


1.5k
Shares

काठमाडौं । कैलालीको टीकापुर घटनासम्बन्धी मुद्दाको तोकिएको पेसी आज पनि स्थगित भएको छ । २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको घटना सम्बन्धि मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा तोकिएको पेसी स्थगित भएको हो ।

उक्त मुद्दाको सुनुवाई आज न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र डा. आनन्द मोहन भट्टराईको इजलासमा तोकिएको थियो । सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालतले आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए ।

०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । ०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

यसअघि उक्त घटना सम्बन्धि मुद्धाको सर्वौच्च अदालतमाा पेसी तोकिए पनि पटकपटक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्