Logo
Logo

त्रिविको उपकुलपतिमा भगवान कोइराला ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ असोज ।
चर्चित चिकित्सक भगवान कोइराला त्रिभुवन विश्वविद्यालयको उपकूलपति बन्ने सम्भावना प्रबल देखिएको छ । उपकुलपछिका लागि उनीसहित ३ जनाको नाम सिफारिस गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोइरालासहित डा धर्मकान्त बाँस्कोटा, र डा चन्द्रमणि पौडेलको नाम त्रिवि उपकूलपतिका लागि सिफारिस गरिएको जानकारी दिए।
उनले सिफारिस गरिएको नाम हिजो नै त्रिवि कूलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार बुझाइसकेको जानकारी दिए।
कूलपतिले सिफासिस गरिएका तीन जना मध्येबाट एक जनाको नाम उपकूलपतिका लागि चयन गर्नेछन्। डा.कोइरालालाई उपकुलपति बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आग्रह गरेका थिए । जसकारण उनकै सम्भावना प्रबल रहेको छ । उनी त्रिविमा नियुक्त भएमा व्यापक सुधार गर्ने अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्