Logo
Logo

चोरी काण्डले इन्सपेक्टरको जागिर धरापमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ असोज ।
चोरी काण्डमा एक इन्सपेक्टरको जागिर धरापमा परेको छ । ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक अवधकिशोर ओझा एक्साभेटरका पाटपुर्जा चोरीमा दोषी देखिएका छन् ।


जिल्ला वन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको एक्साभेटरका पाटपुर्जा प्रहरी कार्यालयबाटै रहस्यमय तरिकाले चोरि भएको थियो । प्रदेश प्रहरी कार्यालय जनकपुरले गरेको छानबिनमा उनकै दोषी देखिएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
गत फागुनमा पोखरी खनेर जंगलको जग्गामा क्षति र्पुयाएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरीयाबाट एक्साभेटर प्रहरीलाई जिम्मा लगाएको थियो। तर एक्साभेटर धनी जनुलाल महतोले बालुवा बासिङ्ग उद्योगीसँग मिलेर प्रहरीले करिब ६ लाख बराबरको पाटपुर्जा बिक्री गरेको प्रहरीमा उजुरी दिएपछि प्रदेश प्रहरी कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

प्रहरी उपरीक्षक उमाशंकर पंजियारको संयोजकत्वमा गठित ३ सदस्यीय छानबिन समितिले पाटपुर्जा चोरीको घटनामा प्रहरी निरीक्षक ओझा दोषी देखिएको ठहर गरी उनलाई विभागीय कारबाही गर्ने निष्कर्षमा पुगेको हो । छानविन समितीले बिहीवार प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कुमार कार्कीलाई प्रदिवेदन बुझाएको छ । प्रतिवेदन कार्यान्वायन गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्