Logo
Logo

प्रधानमन्त्रीको ब्रिफिङ- अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्री कसैलाई बनाउँदिनँ


4k
Shares

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने ब्रिफिङ गरेका छन् ।

आज पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने बताए । माओवादीका केही नेताहरूले पनि तत्काल कसैलाई गृहमन्त्री नबनाउन सुझाव दिएका थिए ।

‘अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे थप निर्णय हुँदैन भन्ने कुराकानी भयो’ बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले पत्रकारहरूसँग भने, ‘अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको छ, त्यही कायम रहन्छ।’

प्रचण्डले आफू लामिछानेलाई गैरसांसदको रूपमा मन्त्री बनाउने पक्षमा नरहेको बैठकमा ब्रिफिङ गरेका छन् । ‘अहिले गैरसांसदलाई मन्त्री बनाउँदा राम्रो सन्देश जाँदैन । यो सरकार र उनकै लागि पनि राम्रो हुँदैन’ प्रचण्डले बैठकमा भने, ‘यदि रविजीलाई मन्त्री बनाइयो भने पनि विगतमा अदालतले उल्ट्याएको थियो । फेरि उस्तै नियति हुन सक्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूहरूले पाउनुपर्ने अडान राखिरहेको छ । गत शुक्रबार नागरिकता मुद्दामा रवि लामिछानेको सांसद पद सर्वोच्चबाट बदर भएको थियो । रविले अमेरिकी नागरिकता त्याग गरे पनि पुनः कायमको प्रक्रिया पूरा भएको देखिएको थिएन। लामिछानेले आइतबार नेपाली नागरिकता पुनः कायम गरिसकेका छन् ।

लामिछानेको नागरिकता मुद्दाबारे सर्वोच्चबाट फैसलाको पूर्णपाठ आइसकेको छैन । पूर्णपाठ आइसकेपछि मात्रै गृहमन्त्री कसलाई बनाउने भन्नेबारे छलफल हुने माओवादीका नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्