Logo
Logo

क्यान बोर्ड बैठक : सात केन्द्रीय सदस्यद्वारा अध्यक्षको राजीनामा माग



पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का सात जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेका छन् ।


मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै सात जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई राजीनामा मागेको पत्र बुझाएका हुन् ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका थिए । कार्यसमिति बैठकमा पनि उनीहरुले लिखित रुपमा राजीनामा मागेका हुन् ।

अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुन् ।

उनीहरुमध्ये ६ जना कार्यसमिति बैठकस्थलमै छन् भने अस्वस्थताका कारण पोखरा नगएका पाण्डेले पनि अध्यक्षलाई बुझाएको पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्