काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सकेसम्म गठबन्धन नटुटोस् भन्ने पक्षमा रहेको बताएका छन् ।

पेरिस डाँडामा मंगलबार बसेको पदाधिकारी बैठकपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्रालयलाई लिएर आफूहरु अहिले पनि सल्लाहमै रहेको बताएका छन् ।
उनले भेन, ‘हामी सल्लाह गर्दैछौँ, सकेसम्म सत्ता साझेदार दल इंगेज भइराख्ने गरी अघि बढ्छौँ । यो गठबन्धन नटुटोस् भन्नेमै मेरो कोशिस छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन सर्वोच्च अदालतको पूर्णपाठ कुर्नुपर्ने सुझाव आएको प्रधानमन्त्री प्रचण्डले बताए ।














