काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दायर भएको छ ।

महान्यायाधिवक्ता कार्यालयका सूचना अधिकारीले मंगलबार उच्च अदालत पाटनको आदेश विरुद्ध निवेदन दायर भएको जानकारी दिए ।
नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेलाई उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षमा थुनामा राख्ने आदेश उल्ट्याएको थियो ।
लामिछानेलाई थुना राखी रहन नपर्ने भन्दै सोह्र आधार देखाउँदै लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।














