Logo
Logo

पर्यटनमन्त्री किरातीको प्रश्न- भगवानमाथि भ्रष्टाचार गर्ने ? (भिडियो)


1.1k
Shares

काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले ‘भगवानको नाममा भ्रष्टाचार गर्ने ?’ भन्दै पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीसँग प्रश्न गरेका छन् ।

मंगलबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीसँगको ब्रिफिङका क्रममा मन्त्री किरातीले पशुपतिनाथमा भ्रष्टाचारका लागि लाखौंको डिल हुने गरेको सूचना पाएको भन्दै यस्तो प्रश्न गरेका हुन् ।

मन्त्री किरातीले कसले भ्रष्टाचारका लागि कसले डिल गरेको भन्ने नखुलाए पनि पशुपतिमा फूल बेच्ने, फोटो खिच्ने र सटर भाडामा लिनेहरुसँग भ्रष्टाचारका लागि लाखौंको डिल हुने गरेको बताएका हुन् ।

मन्त्री किरातीले भने– ‘यो पवित्र पशुपतिमा अपवित्र कुरा सुनिन्छ । म यै हो त्यै हो भन्दिन । तर, एउटा कुरा चाहिँ मैले भन्नु पर्छ– यहाँका फूल बेच्नेले महँगो बेच्दा किन महँगो हुन्छ भन्दा मन्त्रीलाई पैसा बुझाउनु पर्छ, सचिवलाई पैसा बुझाउनुपर्छ भनिन्छ आरे । एउटा सटर भाडामा लाउने कुरामा लाखौंको डिलिङ हुन्छ, खै यहाँका फोटो खिच्ने मान्छेहरू कहाँ गए आज ? प्रमाण पेस गर्नु नपरोस् । एक लाख हो ? दुई लाख हो ? पाँच लाख होर डिल ? २० लाख पनि होइन, लाखौं लाख । के सुन्नु परेको यो पशुपतिनाथमा मैले ?’

मन्त्री किरातीले मन्त्री र सचिवलाई पैसा बुझाउनु पर्छ भन्दै पशुपतिमा भ्रष्टाचार हुने गरेको भन्दै कुन चाहिँ मन्त्री र सचिवलाई पैसा बुझाउनुपर्ने हो नाम दिनुस् भन्दै नाम समेत मागेका छन् ।

मन्त्री किरातीले भने– ‘कुन चाहिँ मन्त्रीलाई बुझाउनु भयो ? कुन सचिवलाई दिनु भयो ? नाम दिनुस् पत्रकारहरूको अगाडि पढेर सुनाउँछु । भगवानमाथि भ्रष्टाचार गर्ने ? फूल व्यापारीसँग कसले पैसा उठाउँछ ? मन्त्रीलाई बुझाउनुपर्ने, सचिवलाई बुझाउनुपर्ने भनेर नाम किन लिइन्छ ? किन गरिन्छ बदनाम ? मन्त्री र सचिवलाई बुझाउनै पर्छ तपाईंहरूले ? पशुपतिनाथको माटोमा उभिएर दूधको दूध पानीको पानी तपाईंहरूले भन्नु पर्छ ।तपाईं

मन्त्री किरातीले पशुपतिमा शव जलाउने क्रममा समेत शोषण हुने गरेको सुनेको बताएका छन् । सेवा दिनुको साटो शोकमा रहेकाहरूलाई शोषण हुने गरेको मन्त्री किरातीको भनाइ थियो ।

भिडियो हेर्नुहोस्–

प्रतिक्रिया दिनुहोस्