Logo
Logo

माओवादीको स्थायी समिति बैठक बस्दै, विभागहरुले पूर्णता पाउने


693
Shares

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको स्थायी समिति बैठकवाट ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतका पुर्ण पाठ नपाएसम्म रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नहुने’ म्यान्डेट पाईरहेको बेला सो बैठक बस्न लागेको हो ।

माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी बिभागलाई पुर्णता दिने बारेमा बुधवार देखी छलफल हुने बुझिएको छ । सोही अनुसार स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई बिभिन्न बिभागको जिम्मेवारी दिईदैछ ।

प्रतिक्रिया दिनुहोस्