काठमाडौं, २३ असोज ।
संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । हिरासत छल्न उनी अस्पताल भर्ना भएका हुन् ।
उच्च रक्तचापको समस्या देखिएको महारालाई नर्भिक अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीले बताए ।
महरालाई असोज १९ गते सभामुख निवासबाट प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबार राखिएको थियो । महिलाको डेरामा गएर उनले अघिल्लो आइतबार बेलुका बलात्कार प्रयास गरेको महिलाको आराप छ ।