Logo
Logo

जसपा र नागरिक उन्मुक्तिबीच एकताको सम्भावना ?


11.2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नागरिक उन्मुक्ति पार्टीसँग एकताको सम्भावनाबारे छलफल अघि बढाएको छ ।

मंगलबार जसपा वार्ता समितिको संयोजक राजेन्द्र श्रेष्ठले नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीसँग पार्टी एकताको सम्भावनाबारे छलफल गरेका हुन् ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी एकताबारे मंगलबार बिहान भएको भेटमा दुई नेताबीच करिब १ घण्टा छलफल थियो ।

नागरिक उन्मुक्ति पार्टी खोल्नुअघि रेशम चौधरी जसपाकै कार्यकारिणी सदस्य थिए । तर, महन्थ ठाकुरले जसपा विभाजन गरि लोकतान्त्रिक समाजवादी पार्टी खोलेपछि भने रेशम तटस्थ बसेका थिए ।

चौधरी जसपाकै पूर्व नेता भएका कारण उसँग पार्टी एकता सहज हुन सक्ने आँकलनका साथ छलफल अगाडि बढाइएको प्रचार विभाग प्रमुख बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्