काठमाडौं, २३ असोज ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार शुक्रबार यसबारे निर्णय हुने छ ।
विदेशी राष्ट्रप्रमुख आउँदा सम्मान स्वरुप बिदा दिन लागिएको हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल आउँदा दुई दिन बिदा दिइएको थियो । ट्राफिक व्यवस्थापनका लागि पनि बिदा दिन लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो आएर आइतबार फर्कने कार्यक्रम छ ।