Logo
Logo

सुदूरपश्चिमका भूकम्प पीडितको उचित व्यवस्थापन गर्न नेता महरकाे माग


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पटक–पटकको भूकम्पबाट प्रभावित बनेका सुदूरपश्चिमका नागरिकको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।

कपनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले भूकम्पले भौतिक र मानवीय क्षति पुर्‍याएको र बाचेकाहरू पनि माघको कठ्यांङ्ग्रिदो जाडोमा सास्ती खेप्न बाध्य रहेकाले उनीहरूको उचित व्यवस्थापनमा सरकारको ध्यान पुग्नुपर्ने बताएका हुन् ।

‘केही महिना यता सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक–पटकको भूकम्पले भौतिक र मानवीय क्षति पुर्‍याएको थियो । कठ्याङ्ग्रिदो जाडोमा प्रभावित क्षेत्रका जनता त्रिपाल मुनी भोकभोकै बस्न बाध्य छन् । विद्यालय भवन चर्किएका र भत्किएका कारण स्कुले विद्यार्थी हिउँले ढाकिएको मैदानमा पढ्न बाध्य छन् । तर, सरकारको ध्यान पुग्न सकेको छैन,’ उनले भने ।

जनताको अभिभावकका रूपमा रहेको सरकारसँग भूकम्पको क्षतिको यकिन विवरणसमेत नभएको उनको गुनासो छ । राहत र उद्धार तथा सम्भावित जोखिमसँग लड्ने पूर्वतयारी नै नदेखिएकाले सरकार जनताप्रति उत्तरदायी नदेखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्