Logo
Logo

संसद् बैठकमा उठ्यो बाँदरको कुरा, सांसदले भने- बाँदरले उठिबास लगायो


378
Shares

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले बाँदरले किसानको उठिबास लगाएको भन्दै बालि बीमा सुनिश्चित गर्न माग गरेका छन् ।

आज (बुधबार) प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद रिजालले दोलखाका किसानलाई बाँदरले सताएको बताएका हुन् ।

उनले भने, ‘दोलखा जिल्लामा बाँदरको प्रकोप बढेको छ । मान्छेहरुले कमाई खेती छाडेका छन् । बसाइँ सरेका छन् । अहिले बाँदरको साम्राज्य बढेको छ । कृषिमा आत्मनिर्भर हुने कुरा गरेका छौँ तर बाँदरले उठिबास लगाएको छ ।’

उनले एउटा अध्ययन टोली बनाउनुपर्ने बताए । उनले भने, ‘म के अनुरोध गर्छु भने एउटा अध्ययन टोली बनाइयोस् र संविधानको भाग ३ को धारा ३६ अनुसार खाद्य अधिकारको सुरक्षाका लागि बालि बीमाको सुनिश्चित गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्