Logo
Logo

सदन मुर्दाको रुपमा स्थापित भयो : राजकिशोर यादव


189
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले हालै आत्मदाह गरेका उद्यमी प्रेम आचार्यप्रति कसैले चिन्ता नगरेको भन्दै सदनमा असन्तुष्टि जनाएका छन् ।

बुधबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सदनलाई मुर्दाको रुपमा चित्रित गरे । ‘मलाई लाग्थ्यो, आज यो सदनभित्र विशेष प्रस्ताव आउला, के कति कारणले प्रेम आचार्यले आत्मदाह गर्न बाध्य भए, त्यसको बारेमा चर्चा होला । तर आज यो सदन मुर्दाको रुपमा स्थापित भएको छ । प्रेम आचार्यको बारेमा कसैको चिन्ता भएन । चासो भएन । हामी अर्कै गाथा र अर्कै गीत गाइरहेका छौँ ।’

उनले यो हप्ता, दश दिनदेखि राष्ट्रिय राजनीतिमा भएका घटनाको बारेमा सोच्दा आफूहरुलाई जनप्रतिनिधि हौँ भन्न लज्जाबोध भएको बताए । त्यस्तै, सप्तरीका रामदेव मरिकको आत्महत्याको विषय पनि उनले उठाए ।

उनले भने, ‘सप्तरी निवासी सामाजिक रुपमा पिँधमा रहेको, दलितको पनि महादलित रामदेव मरिक छोरोको बिहेमा लिएको ऋण तिर्न नसक्दा आफ्नो नाक जोगाउनका लागि, आफ्नो इज्जत जोगाउनका लागि आत्महत्या गर्छ । हामी यहाँ ठूलाठूला गफ गर्छौँ। तर रामदेव मरिकको बारेमा चर्चा गर्ने हामीमा संवेदनशीलता र जिम्मेवारीपना देखिएन ।’

प्रतिक्रिया दिनुहोस्