Logo
Logo

देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट दरपिठ


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दिनबाट कांग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको दाबी गर्दै अधिवक्ता विमल पोखरेल सर्वोच्च पुगेका थिए ।

उनले कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताका रुपमा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन रोक लगाउन र सभामुखबाट विपक्षी दलको नेता तोक्न परामादेश दिनुपर्ने माग गरेका थिए ।

तर सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीले उनको रिट दरपिठ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्