Logo
Logo

फक्सवागन गाडीका ग्राहकलाई विशेष एक्सचेन्ज अफर



काठमाडौं । नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले एक्सचेन्ज योजना ल्याएको छ ।

माघ १८ गतेदेखि सुरू भएको ‘स्वीच् टु प्रीमियम कार कल्चर’ नामक यो योजना अन्तरगत प्राहकले आफुसँग भएको पूरानो गाडीसँग साटेर नयाँ गाडी खरिद गर्न पाउनेछन् । यो योजना देशभर सञ्चालन भएको पूजा इन्टरनेसनले जानकारी दिएको छ ।

पूरानो गाडीसँग साटेर फक्सवागनको नयाँ गाडी खरिद गर्ने ग्राहकले पूरानो गाडीमा बजारमा पाउने मूल्याङ्कनभन्दा राम्रो मूल्याङ्कन पाउने कम्पनीको दाबी छ ।

योजना अवधिभर ग्राहकले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्ने बताइएको छ । ग्राहकहरुले फ्री एक्सेसरिज, विशेष लोयल्टी बोनस लगायतका सेवाहरु रहेको बताइएको छ । यस योजनामा सहभागी ३ जना भाग्यशाली ग्राहकले लक्जरी रिसोर्टमा ‘स्टेकेसन’ पाउनेछन् ।

हाल नेपालमा फक्सवागनका पोलो, टाइगुन, अलस्पेस टोवारेग भेरियन्टहरू उपलब्ध छन् । पूजा इन्टरनेशनल नेपालले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्