Logo
Logo

नेपाल प्रहरीको इन्काउन्टरमा भारतीय तस्कर मारिए



रुपन्देही, २९ पुस ।
डन मनोज पुन मारिएको एक वर्षपछि रुपन्देहीमा अर्काे इन्काउन्टर भएको छ । सीमा क्षेत्रमा तस्करीमा संलग्न एक युवकको प्रहरी गोलीबाट मृत्यु भएको हो ।


गएराती करिब ११ बजे सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा स्वरुप प्रहरीले गोली प्रहार गर्दा तस्करको मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुल्न नसकेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हृदय थापाले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षका तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएको थापाले जनाए। प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । उनको छातीमा तीन र खुट्टामा एक गोली लागेको छ । मृतकको साथबाट प्रहरीले एक थान अटोमेटिक पिस्तोल र केही थान गोली र युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ । एसपी थापाका अनुसार तस्करले चलाएको गोली लागि एक प्रहरी जवान घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ ।

प्रतिक्रिया दिनुहोस्