Logo
Logo

श्रीमान् हत्या आरोपमा पाँच वर्षपछि एक महिला पक्राउ


378
Shares

जाजरकोट । जाजरकोटमा श्रीमान्‌को हत्या आरोपमा पाँच वर्षपछि एक महिला पक्राउ परेका छन् ।

भेरी नगरपालिका–६ पुन्मोका ४७ वर्षीया काले कामीको घरायसी झगडापछि हत्या आरोपमा मंगलबार श्रीमती भद्रकलालाई पक्राउ परेको हो । भदैकलासँगै उनका छोरा छोरा तुल्सीराम पनि पक्राउ परेका छन् । अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको छ ।

२०७४ पुस ३० मा भद्रकलाले लट्ठीले हान्दा काले कामीको मृत्यु भएको र भद्रकला, उनका छोराहरू गोविन्द विक, तुल्सीरामले घर नजिकै शौचालयमा शव पुरिदिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्