
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।
स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाड गर्ने अजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो ।
स्थगित बैठक आजवाट सुरु हुनेछ । जस अनुसार केन्द्रिय बिभागहरुको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने विश्वास लिईएको छ ।