Logo
Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न आज बिहान ९ बजे बैठक बोलाएको हो ।

आजको बैठकमा राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्ने लगायत विषयमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।

राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने जनाएको छ । कांग्रेसले उम्मेदवारी दिने नदिने भन्नेबार आजको बैठकले टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्