Logo
Logo

मलेसियाका गृहमन्त्री इजमायल आज नेपाल आउँदै



काठमाडौं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल तीन दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । इजमायलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो् । नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा छलफल हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालले शून्य लागतमा कामदार मलेसिया जान पाउने वातावरण सुनिश्चितताका लागि पहल गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डुण्डुराज घिमिरेले बताए । कामदार आपूर्ति गर्ने मुलुक भ्रमणका क्रममा मलेसियालीमन्त्री इजमायल नेपाल आउन लागेका हुन् ।

मलेसियाले नेपालसहित भारत, बंगलादेश र श्रीलंकाबाट ५ लाख कामदार लैजाँदैछ। वैदेशिक रोजगार व्यवसायीहरुले नेपालबाट कामदार पठाउने प्रक्रिया लामो रहेको जनाउँदै प्रक्रिया छोटो बनाउन र सेवाशुल्क परिवर्तन गर्न माग गरेका छन् ।

उनले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद अर्यालसँग भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्