Logo
Logo

अवकाश पाएको दुई वर्षपछि बढुवा भएका अधिकारीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड


- दृष्टि न्युज/संवाददाता


 काठमाडौं, २४ असोज ।
हरेक वर्ष प्रहरी दिवसको अवसरमा अवकाशप्राप्त एक पूर्व उच्च अधिकारीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिने चलन प्रहरीमा छ । ६४ औं प्रहरी दिवसको अवसरमा शुक्रार पनि यस्तो अवार्ड दिइयो ।


तर, अवार्ड पाउने व्यक्तिबारे जानकारी पाएपछि धेरैले अनौठो माने । किनकी त्यो अनपेक्षित नाम थियो । पूर्व एआईजी यादब अधिकारीलाई यो पुरस्कार दिइयो ।
अधिकार डिआईजीबाट अवकाश पाएको दुई वर्षपछि मुद्दा जितेर पछि एआईजी भएका थिए । प्रहरीमा उनले खासै उल्लेखनिय योगदान नभएपनि सो पुरस्कार दिनुलाई आश्चर्य मानिएको छ । गत वर्ष पूर्व एआईजी अनन्तराम भट्टराईलाई सो अवार्ड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्