Logo
Logo

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । बुधबार राती दुबइबाट आएका एकजना क्यानेडियन नागरिक ९ किलो १३५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा बुधबार राती १२ बजे काठमाडौं आएका क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद कमल मोहगोबलाई हवैध सुन सहित पक्राउ परेका हुन् । उनी पहिलो पटक नेपाल आएको प्रवक्ता पाण्डेको भनाइ छ ।

उनले शरिरमा पेटी बनाएर एक किलोका आठवटा विस्कुट आकारको सुन र एक किलोको गोलाकार सुन भेटिएको प्रवक्ता पाण्डेले जनकारी दिए । उनलाई पक्राउ गरि अहिले गौशाला प्रहरी वित्तमा राखिएको छ । उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्