काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ । बिहीबार पार्टी सभापति एवं दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दल कार्य समिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले बताए । तर, कसलाई उम्मेदवार बनाउने भन्नेचाहिँ टुंगो लागिनसकेको उनले बताए । यही २३ माघमा राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदैछ ।
त्यस्तै कार्य समिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने कुरा प्रधानमन्त्रीले बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको लेखकको भनाइ छ ।














